नेपाल प्रधानाध्यापक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लक्ष्मण दत्त भट्ट चयन भएका छन

१० वैशाख धनगढी
नेपाल प्रधानाध्यापक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लक्ष्मण दत्त भट्ट चयन भएका छन । धनगढीमा सम्पन्न भएको सुप प्रदेशका केही सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरुको भेलाले अध्यक्षमा भट्टलाई चयन गरेको हो ।

उपाध्यक्ष जितेन्द्र पौडेल , महासचिव विष्णु सिह भण्डारी ,सचिव विष्णु दत्त भट्ट, सदस्य सचिव पदम बहादुर शाह ,कोषाध्यक्ष विमाला बोकटी , उप–कोषाध्यक्ष केशव राज ओझा चयन भएका छन । यस्तै सदस्यहरु तर्फ जगदीश प्रसाद चटौत ९डडेलधुरा०, पदम राज जोशी ९बैतडी०, तर्क राज जोशी ९कैलाली०, शुभराज पाध्याय ९बाजुरा०, रामदत्त जोशी ९दार्चुला०, देवेन्द्र बहादुर शाह ९अछाम०, रमेश ओझा ९डोटी०, भवानी प्रसाद पन्त ९कञ्चनपुर०,सिताराम अवस्थी ,महेश दत्त भट्ट , निर्प बहादुर विक, बेद प्रकाश जोशी, कृष्ण राज पाठक रहेका छन । सुदुरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण दत्त भट्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्राधानाध्यापकहरुको हक, हित र अधिकारका लागि कटिबद्द भएर प्रदेश समिति निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा नेपाल प्रद्यानाध्यापक संघका सचिव बेग बहादुर थापाले एकैदिन ७ वटै प्रदेशमा एकसाथ नेपाल प्रधानाध्यापक संघ प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिएको बताए । सबै जिल्लाहरुमा प्रधानाध्यापक संघ नेपाल गठन गरिने र आउँदो २६ र २७ जेठ काठमाडौंमा केन्द्रिय सम्मेलनको आयोजना गरिएको बताए । यसैविच कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य सचिव डा।हरि लम्सालले सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा असल नेतृत्व आवश्यक हुनुपर्ने र असल नेतृत्वका लागि प्रधानाध्यापकहरु विद्यालयमा समर्पित भई आफ्नो मर्यादालाई नबिर्सी कटिबद्द भएर पेशामा लाग्नुपर्ने बताए । साथै प्रधानाध्यापक संघ नेपाल अंग्रेजीमा प्रीन्सिपल्स एसोसियसन अफ नेपाल

एब्ल् एउटा गैर राजनैतिक विशुद्ध पेशागत संस्था रहेकाले निरन्तर विद्यालय सुधारमा लाग्ने कुरामा आफुलाई विश्वास रहेको बताए । कैलालीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ प्रसाद सुवेदीले विद्यालयहरुमा भैइरहेका असल अभ्यासहरु एक आपसमा आदान–प्रदान गर्नुपर्नेमा जोड दिएका छन ।साथै प्राधानाध्यापकहरुले भोग्नु परेको समस्या समाधानका लागि एकतावद्ध हुनु राम्रो संकेत भएको कुरा समेत बताए । कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रिय सचिव बेग बहादुर थापा आफुलाई अब्बल नेतृत्वको रुपमा सावित गर्न पेशागत क्षमता अभिबृद्धि गर्न समेत यस संस्था आवश्यक रहेको औल्याए ।

उनले आफ्नो पेशालाई मर्यादित बनाउन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै प्रधानाध्यापकहरुलाई जुट्न आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply