श्रमको सम्मान गर्न मानवअधिकार संरक्षण मंचको अाग्रह ।

धनगढी मानवअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितिले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न र समान कामको समान ज्यालाको सुनिश्चितता गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

१३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा मानवअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी र प्रदेश सचिब राजेन्द्र रैका बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दे सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कामको वातावरण निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्न आग्रह गरेेका छन ।
मासम अध्यक्ष जोशी र प्रदेश सचिब रैका ले श्रम अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा जोड दिँदै उल्लेखित संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद् देशभित्र श्रमको वातावरण र उचित सम्मान हुन नसक्दा दैनिक हजारौँको सख्यामा नागरिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भईरहेका छन विज्ञप्तिमा उल्लेख छ ।
सबै प्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, कम्लहरी, हलिया तथा कमैयाको पूर्ण पुनर्स्थापनाका र उनीहरुको श्रमको सम्मानका लागि सङ्कल्प गर्न सरकारलाई प्रदेश अध्यक्ष जोशी र प्रदेश सचिब रैका ले आग्रह समेत गरेका छन
त्यस्तै, निजी क्षेत्रमा कार्यरत श्रमिकले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिका इँटाभट्टा, होटल तथा रेष्टुराँ र निजी घरमा समेत श्रमिकको रुपमा काम गर्न बाध्य भएको एवम् बाल हिंसा र यौन दुव्र्यवहारबाट पीडित भएका घटनाहरु दिनानु दिन बृद्घि हुनु संबेदनसिल सवाल छन ।
कार्यस्थलमा हुने दुर्घटनाबाट नेपालमा श्रमिक दैनिक घाइते तथा अङ्गभङ्ग हुनुपरेको मात्र नभएर ज्यानै समेत गुमाउनु परेको विभिन्न अध्ययनले देखाएको प्रदेश अध्यक्ष जोशी र रैका द्घारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका संयुक्त राष्ट्रसङ्घद्वारा जारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनसम्बन्धी महासन्धि, नेपालको संविधान, श्रम ऐन, नियमावली लगायतमा श्रमको सम्मान, समान कामका लागि पारिश्रमिकमा भेद्भाव गर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, मानव बेचबिखन, बालश्रम र जबरर्जस्ती श्रमबाट मुक्त हुने वातावरणको सिर्जना गर्नुपर्ने कानुनी दायित्वका साथै श्रमिकको हक उल्लङ्घन भएमा उपचार प्राप्त गर्न सक्ने व्यवस्था समेत श्रम ऐन र नियमावलीमा गरिएका छन् । नेपालमा यसवर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ राष्ट्रिय नाराका साथ यो दिवस मनाईँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply