धरौटीमा छुटे गायक रवि ओड

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका निवासी रवि ओड  वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका थिए गायक ओड कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर जिल्ला न्यायाधी लिलाराज अधिकारीको इजलास र अधिवक्ता देवराज पन्तको बहसले उनलाई सफाइ दिएका हुन् ।
कञ्चनपुर जिल्ला प्रहरीले  जानकारी दिए । उनी बिहीबार साँझ अदालतको आदेशअनुसार ५ लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनका श्रीमतीले उजुरी दिएकी थिइन् । ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्गा। गायक रवि ओडका दाजु लक्ष्मण वडले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply