बाजुरामा गाईगाेठमा बस्दै आएकी एक महिलाको हत्या

८ जेठ धनगढी
बाजुरामा गाईगाेठमा बस्दै आएकी एक महिलाको हत्या भएको छ।

बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको प्रहरीले जनाएको हाे।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलिप गिरीका अनुसार उनी गाईवस्तुलाई लगेर घरबाट दुई घण्टा टाढा लेकाली भेगकाे वनमा गाईगाेठमा बस्दै आएकी थिइन्। उनको साथमा छाेरी पनि सँगै बस्थिन्।

साेमबार उनी शरीरमा चाेटपटक लागेकाे अवस्थामा मृत फेला परेकी हुन्।

घटनाअघि र मृत्यु भइसकेपछि खबर गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर साेधपुछ गरिरहेकाे छ।

उनकाे शरीरका विभिन्न भागसँगै खासगरी टाउकोमा गम्भीर चाेट देखिएको डिएसपी गिरीले जानकारी दिए।

उनकाे पाेष्टमर्टमपछि परिवारले मंगलबार शव बुझेर लगेका छन्।

उनको हत्या किन र कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply