जातीय समता दिवसको अवसरमा नेपाली कांग्रेस समाज चितवनले सहभोज कार्यक्रम

१० जेठ धनगढी
जातीय समता दिवसको अवसरमा नेपाली कांग्रेस समाज चितवनले सहभोज कार्यक्रम गरेको छ।

भरतपुर महानगरपालिका–१७ स्थित मझुवा सामुदायिक वन परिसरमा जातीय छुवाछुतविरूद्ध सन्देश दिनेगरी सहभोज गरेको जिल्ला सभापती राजेश्वर खनालले जानकारी दिए।

सभापति खनालले जातीय निरंकुशताबाट समाजलाई बाहिर ल्याउन र नेपाली कांग्रेसको नीतिअनुसार समतामूलक समाज निर्माण गर्न संस्थापक नेता विपी कोइरालाले दलित समुदायका बीचमा सहभोज गरी समता दिवस प्रारम्भ गरेको स्मरण गर्दै सहभोज कार्यक्रम गरेको बताए।

पार्टी उपसभापति राजीव न्यौपानेले सहभोज कार्यक्रमले अझै पनि समाजमा रहेको जातीय विभेद अन्त्य गर्नमा सघाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रदेसभा सदस्य गीता गुरुङ, महासमिति सदस्य चन्द्रध्वज गुरुङ, वेलबहादुर गुरुङ, महासमिति सदस्य एवम् दलित संघका पूर्व केन्द्रीय सदस्य वीरबहादुर लोहनी(विक), स्थानीय जनप्रतिनिधि लक्ष्मी देवी महतो, वडा सभापति भरत पौडेललगायतले बोलेका थिए।

दलित समुदायबाट खाना बनाउने, जनजाती समुदायबाट खाना बाँड्ने र खस आर्य समुदायसहित सबैजना खाना खाने गरी कार्यक्रमको व्यवस्थापन गरिएको सभापती खनालले बताए।

कार्यक्रममा ब्राहम्ण, क्षेत्री, गुरुङ, मगर, लामा, थकाली, चेपाङ, दराई, बोटे, कुमाल, शेर्पा, परियार, माझीलगायत चितवन जिल्लामा बसोवास गर्ने ३५ जातजातिका दुई सय जनाभन्दा बढीको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply