प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण जाँदैछन् : उनको साथमा को–को

२६ जेठ धनगढी
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यतालिका प्रकाशित गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा उनको छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपाली फर्किने कार्यक्रम रहेको बताइएको छ ।

यो पनि….
प्रचण्डसँगै मोदीको शपथ ग्रहणमा को–को पुग्दैछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply