पत्रकार धनराज (अविरल) युरोपमा सम्मानित

साउन १०,
अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाद्धारा पत्रकार धनराज विक (अविरल) युरोपमा सम्मानित भएका छन् । नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा कलम चलाएको भन्दै युरोपको माल्टामा सम्मानित भएका हुन् ।

कामको व्यस्तता संगै पत्रकार अविरलले माल्टामा निरन्तर समाचार लेख्दै आउनु भएकोले पत्रकारितामा गरेको योगदानको मूल्यांकन गरेर अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले सम्मान पत्र प्रदान गरी सोमबार सम्मान गरेको संस्थाका अध्यक्ष बासुदेव भुसालले बताए ।

नेपाली खानालाई विश्वमा चिनाउन र नेपाली खानाको प्रवद्धन गर्ने उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले गरेका कामको बारेमा अनुमोदन खबर अन्लाइनमा निरन्तर समाचार प्रकाशन गरी संस्थालाई उचाईमा पुगाउने काम गरेकोले संस्थागत रुपमा निर्णय गर्दै सम्मान गरिएको भुसालले बताए ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष एवम नेपालबाट श्रमगरेर माल्टा आउने पहिलो नेपालीको पहिचान बनाएका बावु अर्यालले पत्रकार अविरलको समाचार लेखनको प्रशंसा गरे । सक्रिय रुपमा पत्रिकारिता गर्दै, प्रवासी नेपालीका पक्षमा समाचार लेख्दै युरोपमा नेपाललाई चिनाउन भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरेको अर्यालले बताए ।

१४ वर्षदेखि माल्टामा रहँदै आएका अर्याल स्थायी रुपमा माल्टामा परिवार सहित बस्दै आएकाछन् । सफल व्यवसायीको रुपमा चिनिएका अर्यालले भने, “ पत्रकार अविरल माल्टामा आएपछि प्रवासी नेपालीका गतिबिधिहरु निरन्तर समाचारमा समेटिएका छन् र समाचारको सकारात्मक प्रभाव परेको छ ।”

कामको निकै व्यस्तताबाट समय निकालेर पत्रकार अविरलले माल्टामा समाचार लेख्ने काम गर्नु भएको छ । प्रदेशको ठाउँमा निरन्तर पत्रकारिता गर्दै आउनु भएका अविरलको संस्थाले उच्च मूल्यांकन गरेर सम्मान गरेको सचिव सुन्दर घिमिरले बताएकाछन् ।

सम्मान कार्यक्रमका सहभागी सेफहरुले पत्रकार धनराज विक अविरलको समाचार लेखनको दिल खोलेर प्रशंसा गरेका थिए । संस्थाले राम्रो छवि भएको इमानदार र नैतिकवान व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको कृपा नराकोटले बताए ।

सम्मानित भएपछि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टालाई धन्यवाद् दिदै आफू निकै खुसी भएको पत्रकार विकले बताएका छन् । उनले भने, “ अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले मलाई गरेको सम्मानले थप जिम्मेवार बनाएको छ ।”

लामोसमय देखि अनुमोदन राष्ट्रिय दैनिकमा कामगर्दै आएका विक अनुमोदन खबर अन्लाईनका युरोप संवाददाता, लम्की खबरका अतिथि सम्पादक, वैज्ञानिक मिडियाका अतिथि सम्पादक, कर्णाली पार्टी अन्लाईनका युरोप संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव , पत्रकार महासंघ कैलाली र पत्रकार महासंघ युरोप सदस्य समेत रहेकाछन् ।

नेपालमा लामो समयदेखि पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत रहेका विक सबै क्षेत्रबाट सम्मानित भइ सकेका छन् ।

सम्मानित भएका विकले २०६१ सालदेखि पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा दैनिक, टीकापुर दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत पत्रकार विकले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका विकले माल्टामा पनि पत्रकारितालाई निरन्तरता दिदै आएकाछन् ।

नेपालमा पनि धेरै ठाउँबाट सम्मानित भएका पत्रकार धनराज अविरल यरोपमा पनि सम्मानित भएको खबरले आफू निकै खुसी भएको सुदुरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नगरीले बताए । उनले भने, “ पत्रकार अविरल सम्मानित हुनै पर्ने व्यक्ति हो उहाँले माल्टामा पनि सम्मानित हुनेगरी पत्रकारिता संगै सामाजिक कामगर्दै आउनु भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply