नेपालगन्जमा सशस्त्र प्रहरी र भन्सार कर्मचारी को मिलेमतो मा तस्करी

गणेश क्षेत्री
धनगढी : लुम्बिनी प्रदेश को बांके मा भन्सार औध्योगिक तथा सिमा सुरक्षा को जिम्मा पाएको सशस्त्र प्रहरी बल सिमा बाट हुने भन्सार छलि रोक्न चुक्दै आएको तथ्यांक ले देखाउँछ
सिमाको जङ्गे पिल्लर बनेर चट्टान जस्तै उभिएको सशस्त्र प्रहरी र नेपालगन्ज भन्सारका कर्मचारी नै रकमि मोहमा डुबेको हुनाले भन्सार छलि हुदै आएको पाइएको छ
जिल्ला प्रहरी कार्यालय बांकेका इन्चार्ज प्रहरि उपरीक्षक तुल बहादुर कार्कि ले ४ करोड ५५ लाख ०४ हजार ६ सय ४३ रुपैयाँ बराबरको भन्सार छलिको सामान र ओसारपसार मा संलग्न ८ वटा चारपाङ्रे र ४६ वटा मोटरसाइकल पक्राउ गरियको बताउनुभयो
लुम्बिनी प्रदेशको मुल भन्सार नेपालगन्जको पारि रुपैडिया बाट प्रतिपिस सुट र साडि १ सय रुपैयाँ र कुर्तिहरु ५० रुपैयाँ क्यारिङमा ओसारपसार हुने गरेको र ति सामानहरु सिमामा खटियको सशस्त्र प्रहरि र भन्सार कर्मचारी को मिलेमतो मा आउने गरेको पाइएको छ
बांके जिल्ला को सिमा हेर्ने जिम्मा पाएको ३० नं गण का गणपति सशस्त्र प्रहरि उपरीक्षक बिमल डागि ले आफुहरु सिमामा हुने अबैध गतिविधि रोक्न हरसम्भब प्रयास गरिरहेको बताउनुभयो
तर उनको मातहत को बिओपि र गुल्मपति हरुले तस्करहरुसङ्ग मिलेमतो गरेको हुनाले तस्करी नियन्त्रण हुन नसकेको पाइएको छ।

मुल भन्सारमा सरसर्ति हेर्दा चेकजाँच मा कडाइ गरेको देखिएपनि तस्कर हरुलाइ भने छुट हुनेगरेको र बिओपि जयसपुर को मिलेमतोमा रातारात भन्सार छलि गरेर सामान ओसारपसार हुनेगरेको पाइएको छ
नेपालगन्ज भन्सारका सुचना अधिकारी पुर्ण प्रसाद लम्साल ले तस्करी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौ भन्नुभयो तर नेपाल गन्ज उध्योग बाणिज्य संघ का बरिस्ठ उपाध्यक्ष चिरञ्जीवी ओलि ले सिमा पारिबाट क्यारिङ मा सामान आउने हुनाले नेपालगन्ज को ब्यापार ध्वस्त भएको बताउनुहुन्छ ! एकातिर राज्यको राजस्व गुमि रहेको छ भने अर्कोतिर इमानदार ब्यापारी हरु पलायन हुने स्थितिमा पुगेको छ ओलिले बताउनुभयो
२०८१/४/४ गते र ६ गते २ दिनमा मात्रै कपडा र कुखुरा लगायत गरेर ३ लाख ३८ हजार ९ सय ३० रुपैयाँ बराबरको कपडा र कुखुरा लगायत भन्सार छलि गरेर भित्रीएको भनेर बरामद गरेको थियो
वरिष्ठ उपाध्यक्ष ओलिले सेटिङ बिना सामान भित्रीन सम्भब नै छैन भन्नुभयो नेपालगन्जमा यदि मिलेमतोमा तस्करी रोकियन भने शटर मा ताला ठाेकेर अधिकांश ब्यापारी पलायन हुने स्थितिमा रहेको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply