आज संविधान दिवस मनाईदै

असोज ३ आज संविधान दिवस ०८१ कञ्चनपुर सहित देशभर दिवस मनाईदै छ । देशभर विवित समाजिक कार्यक्रम गरेर संविधान दिवस मनाईदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले ०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो ।

संविधान निर्माण भएर कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएर १०औँ बर्षमा प्रवेस गरेको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान ०६३ खारेज भएको थियो । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गर्नुभएको थियो ।

‘नेपालको संविधान, ०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन । संविधान दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरमा सरसफाई गरिएको छ । १० औँ संविधान दिवसको अवसरमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा सरसफाई गरिएको हो ।

संविधान दिवस मुल समारोहका संयोजक एव जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले समावेसी संविधान दिवसको अवसरमा संविधान चोकदेखि महेन्द्रनगर बजारमा सरसफाई गरिएको बताए । सरसफाई कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीदेखि स्थानीयको सहभागिता रहेको थियो ।

आज कञ्चनपुरको भीमदत्त नगरपालिका सहित दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी,बेलडाँडी, लालझाडी स्थानीय सरकार सहितले उल्लासका साथ दिवस मनाउन लागेका छन । यसका साथै सरकारी, गैर सरकार निकायले पनि विवित कार्यक्रम गरेर दिवस मनाउँदैछन । जनताले संविधानको कुलस कार्यान्वयनमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply