गोरखा दरबारको दशैँघरमा फूलपाती भित्र्याइयो

२४ असोज धनगढी
गोरखा दरबारस्थित दशैँघरमा परम्पराअनुसार आज (२४ असोज) विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्षबढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दशैँघरमा भ्यिाइएको उहाँले बताउनुभयो । गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दशैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए ।

‘’गएराति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दशैँघरमा भित्र्याइएको हो’, मूलपुजारी भट्टराईले भन्नुभयो ।

फूलपाती भ्यिाउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपानी पर्सने सिँडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भ्यिाउने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताउनुभयो ।

गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दशैँघरमा फूलपाती भित्र्याउने गरिन्छ । यसअघि आज बिहान गोरखा दरबारको दशैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply