मानव तस्करी बिरुद्ध नेपाल भारतका सरोकारवालाको प्रतिबद्धता

६ कात्तिक धनगढी
विश्वव्यापी रुपमा भईरहेको मानव तस्करी बिरुद्धमा नेपाल भारतका सरोकारवालाले प्रतिबद्धता जाहेर गरेका छन । मानव बेखबिखन रोकथामका क्षेत्रमा काम गर्दै आएका दुवै देशका सरोकारवालाले मानव तस्करी रोकथामका लागि प्रतिबद्धता जाहेर गरेका हुन । आरबिसी ट्रष्ट दिल्ली र रिड टनकपुरले भारतको चम्पावतमा गरेको सरोकारवाला संगको बैठकमा सहभागि नेपाल भारतका सरोकारवाला एकमत भएका छन ।

विश्वव्यापी रुपमा देखिएको मानव तस्करी रोकथामका लागि एकल प्रयास भन्दा संयुक्त प्रयास आवश्यक रहेको समेत औल्याएका छन ।

संयुक्त प्रयासबाट मात्रै रोकथाम आवश्यक रहेकाले भावि दिनमा समेत नेपाल–भारतका अधिकारी, सरोकारवालाविच समन्वय, छलफल गर्नुपर्नेमा जोडदिएका छन ।

रिड संस्थाका प्रतिनिधी ईन्द्रेश लोहनीले नेपाल भारतमा अझैपनि मानव तस्करी नरोकिएको बताए । उनले पछिल्ला बर्षहरुमा मानव बेचबिखन न्यूनिकरण भएपनि पूर्ण नभएको बताए । भारतमा रिड सहितका सरोकारवालाले मानव बेचबिखन रोकथामका लागि प्रयास गरिरहेको बताए । ‘अहिले आफ्नैबाट समेत महिला, बालिबालिका जोखिममा परेका छन, ‘उनले भने, ‘मानव बेचबिखन रोकथामका लागि दुवै देशका सरोकारवाला थप चनाखो बन्नुपर्छ।’

उनले ठुला बसदेखि, मजदुरी, रोजगारीको बहानामा बेचबिखन भईरहेको बताए । उनले गरिबीका कारण पनि अवैध मानव तस्करी भईरहेकाले सचेतना आवश्यक रहेको बताए ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला बर्षहरुमा मानव तस्करीको टे«ण्ड परिर्वतन भएको बताए । उनले गरिबीदेखि समाजिक सञ्जाल, रोजगारीको प्रलोभन देखाउने अनेकन बहानाबाजी गरेर अभिभावकबाटै तस्करीको जोखिम बढेको बताए ।

‘मानव तस्कर समुहले बालिका, किशोरी महिलाको अभिभावकलाई कन्भेन्स गर्छन, ‘उनले भनिन, ‘स्वयम अभिभावकलाई समेत आफ्नै सन्तान बेचबिखनको जोखिम थाहै हुँदैन, यस्तो अवस्थामा रोकथामदेखि उद्दारमा जोखिम हुन्छ ।’ नेपालबाट भारतका कोटिहरुमा बेचिखिएकी महिलाको उद्दारका लागि भारतीय प्रहरी सहितका सरोकारवालाको सहयोग आवश्यक रहेको बताईन । लामो समयदेखि भारतका विभिन्न शहरबाट जोखिममा परेका महिलाको उद्दार गरेकी माईती नेपालकी संयोजक भट्टले आगामी दिनमा समेत भारतीय पक्षबाट जोखिममा परेका महिलाको उद्दारमा सहयोग आवश्यक रहेको बताईन ।

उत्तराखण्ड प्रहरी एएचटियूका इन्चार्ज सई लक्ष्मण सिह कठायतले आफ्नै अभिभावकदेखि नातेदारबाटै महिला बेचबिखनको जोखिममा पर्दै आएको बताए । उनले आफुहरुले सकेजतिका रोकथाम गर्दै आएको र भावि दिनमा समेत रोकथाम गर्दै जाने बताए । भारतीय सीमा सुरक्षा बल(एसएसबी)का असई विशाल शर्माले मानव तस्कर समुहले नेपाल भारतमा समाजिक नेटवर्क बनाएर तस्करी गर्ने भएकाले उक्त नेटवर्क तोड्नुपर्ने बताउँदै आफुहरुले सीमा क्षेत्रमा मानव तस्करीमा प्रतिबद्ध रहेको बताए

चम्पावतका जिल्ला अधिकारी अनिल पाण्डेले विगतदेखि दुवै देशका सरकारी एव गैर सरकारी निकाय मानव बेचबिखन रोकथामका लागि सकृय रहेकाले केही कम भएको बताए । ‘प्रविधीबाट बालबालिका बचाउनुपर्छ, समाजका हरेक व्यक्ति यस विषयमा सचेत हुनुपर्छ, ‘उनले भने, ‘मानव बेचबिखन जस्तो जघन्य अपराधमा हामी दुवै देश प्रतिबद्धत हुन जरुरी छ ।’ मानव बेचबिखन रोकथामका लागि सीमादेखि गाँउस्तरसम्मै सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिए । उनले मानव बेचबिखन अपराध बिरुद्धमा एकजुट भएर खटिए तस्कर समुह निरुत्साहित हुने बताए । सोमबार चम्पावतमा भएको उक्त कार्यक्रममा भारत र नेपालका सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply