नि:शुल्क सेवा दिने ह्वाट्सएपको आम्दानीको माध्यम के हो ?

६ कात्तिक धनगढी
ह्वाट्सएपमा हुने सामान्य कुराकानीहरु पनि इनक्रिप्टेड हुन्छन् । त्यसका लागि ह्वाट्सएपका शक्तिशाली कम्प्युटर सर्भर हुन्छन्, जो विश्वका विभिन्न डाटा सेन्टरहरुमा राखिएका छन् । यो कुनै सानोतिनो सञ्चालनको काम होइन । यसका लागि ठूलो कार्यसञ्चालनको आवश्यकता पर्दछ । उक्त प्लाटफर्ममा करीब ३ अर्ब प्रयोगकर्ता छन् । तर कोहीपनि मानिसले ह्वाट्सएप प्रयोग गर्नका लागि पैसा खर्च गर्नु पर्दैन । त्यसोभए ह्वाट्सएपको कमाई कसरी हुन्छ त ?

सबैभन्दा पहिले त ह्वाट्सएपलाई आफ्नो मूल कम्पनी मेटाको साथ छ, जोसँग फेसबुक तथा इन्स्टाग्रामको पनि स्वामित्व रहेको छ । हामीजस्ता मानिसहरुको ह्वाट्सएप अकाउन्ट यसकारण निशुल्क छ किनकि ह्वाट्सएपले त्यस्ता कर्पोरेट ग्राहकबाट आम्दानी गर्दछ जो हामीजस्ता प्रयोगकर्तासँग सम्पर्क गर्न चाहन्छन् ।

गतवर्षदेखि कम्पनीहरुले ह्वाट्सएमा निशुल्क रुपमा च्यानल बनाउन पाएका छन् । साथै उनीहरुले आफुलाई सब्सक्राइब गर्ने सबै प्रयोगकर्तालाई मेसेज पनि पठाउन सक्दछन् । तर ती कम्पनीहरुले हामीज्स्ता आम प्रयोगकर्तासँग कुरा गर्नका लागि ह्वाट्सएपलाई शुल्क तिर्नु पर्दछ । विश्वका विभिन्न ठाउँमा त बसको टिकट पनि ह्वाट्सएपको माध्यमबाट अनलाइन बुक गर्न तथा सिटको छनोट गर्न पनि सकिने सुविधा छ ।

मेटाका एक अधिकारी भन्छन्, ‘हाम्रो उद्धेश्य यो हो कि यहाँ कम्पनीहरु र ग्राहकहरु दुबैले आफ्नो काम च्याट थ्रेडमा सजिलैसँग गर्न सकुन् । यसको अर्थ यदि तपाइँ एउटा टिकट बुक गर्न चाहनुहुन्छ, केही फिर्ता गर्न चाहनुहुन्छ वा कुनै भुक्तानी गर्न चाहनुहुन्छ भने ती सबै काम च्याट थ्रेडभन्दा बाहिर नगईकन गर्न सकियोस् । अनि त्यहाँबाट सिधै च्याटमा आफ्ना परिवार तथा साथीसँगीसँग कुराकानी गर्न पनि पाइयोस् ।’

तपाई आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्टमा रहेको अनलाइन विज्ञापनको लिंकमा क्लिक गरेर सिधै ह्वाट्सएप च्याटसँग जोडिन सक्नुहुन्छ र यसबाट भुक्तानी पनि गर्न सकिने सुविधा ह्वाट्सएपले सुरुवात गरेको छ । मेटाका अनुसार यो सेवा मेटाका लागि धेरै अर्ब डलर मूल्यको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply