सुदूरपश्चिममा घटस्थापना देखि भाइ टीकासम्म सवारी दुर्घटनामा २१ जनाको मृत्यु

२० कार्तिक धनगढी
सुदूरपश्चिम प्रदेशमा नेपालीहरूको मुख्य चाड दसैँ तिहारमा २१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । यस वर्षको दसैँको घटस्थापनादेखि भाइटीका सम्मको अवधिमा भएका ५२ सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको हो । उक्त अवधिमा ५३ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

सुदूरपश्चिममा दसैँ अवधिमा मात्रै सवारी दुर्घटनामा परेर १३ जनाले ज्यान गुमाएका थिए । दसैँमा डडेल्धुरामा ठूलो दुर्घटना भएको थियो । डडेल्धुरामा भएको बस दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने १४ जना घाइते भएका थिए ।

सो अवधिमा २ सय ३८ सवारी चालक मापसे कार्बाहीमा परेको र एक लाख ३७ हजार राजस्व असुली भएको जनाइएको छ । चिट काटेका सवारी साधन र चालक गरी ४ हजार ७ सय १ लाई कारबाही गर्दा ३४ लाख १४ हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply