पेनाल्टी : डिजे समीर टेन्ट हाउस विजयी

गणेश क्षेत्री
कन्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ८ मजगै खेलमैदानमा नाइट शुट पेनाल्टी डिजे समिर टेन्ट हाउस राजघाटको आयोजना सप्पन्न भएको छ
नाइटशुट पेनाल्टी मा आयोजक समिर डिजे टेन्ट हाउस प्रथम भएर २० हजार नगद प्राप्त गरेको छ भने धनगढी को boys टिम दोस्रो भएर १० हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ

आयोजक डिजे समिर टेन्ट हाउसका प्रोपोराइटर समीर चौधरीले पेनाल्टी शुट आउट गर्नुको उदेश्य मनोरंजन को साथै खेलाडी को क्षमता अभिवृद्धि गर्ने रहेकोमा आफुहरु सफल भएको बताउनुभयो

५० वटा टिमले सहभागिता जनाउनु र स्थानीय र टाढाबाट समेत दर्शक हरुको उल्लेखनीय उपस्थिति देखेर आफुहरु उत्साहित भएको र छिट्टै नै अर्को प्रतियोगिता सन्चालन गर्ने उदेश्य रहेको आयोजक रहेका चौधरी ले बताउनुभयो

प्रतियोगिता २०८१ मङ्सिर १५ गते साँझ ६ बजेदेखि शुरु भएको र प्रत्येक टिम बाट ६ जना खेलाडी ले सहभागिता जनाएका थिए भने इन्ट्रि फिस २ हजार रुपैयाँ रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply