जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

२५ मङ्सिर धनगढी
बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किंदै गरेको जिप दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । जिप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिएका छन् । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply