बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

१२ पुस धनगढी
रोल्पामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

सुनछहरी गाउँपालिका-४ सिउरीका २२ वर्षीय हर्कबहादुर पुनमगर पक्राउ परेका हुन्।

उनलाई प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।

उनीविरूद्ध १३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply