पुष २१ धनगढी
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरूको कारबाहीमा पुनर्विचार गर्न माग गरिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्य झपट रावल र प्रकाश शाहले कारबाही फिर्ता लिन माग गरेको एक नेताले बताए ।
नेताहरूमाथिको कारबाही पार्टी हितमा नभएको भन्दै उनीहरुले कारबाही फिर्ता लिन आग्रह गरेको ती नेताले बताए ।
मंसिर १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो भने पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1