गोरखामा दुई वटा चितुवा मृत अवस्थामा फेला परे

धनगढी २४ माघ
गोरखाको पालुङटार नगरपालिका-१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिएका छन् ।

प्रमुख शालिण्यका अनुसार अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । चितुवाको मृत्युका कारण खुल्न नसकेको उनले बताए ।

स्थानीयले बारीमा मृत चितुवा देखेपछि तत्काल वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयको टोलीले चितुवाको मृत्युका कारणबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply