फागुन १५ धनगढी
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत केन्द्रीय टोली सुनसरी पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू आज सुनसरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
अभियान अन्तर्गत फागुन १६ मा सप्तरी, १७ गते सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ ।
नवलपुरमा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता अग्नि सापकोटाले बताए । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ७ चैतमा कैलाली र ८ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन हुने पार्टीले जनाएको छ ।