१६ फागुन ८१
धनगढी -काठमाडौं सहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन। यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ । यद्यपि, अहिलेसम्म भौतिक र मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त भइसकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1