लखनउमाथि दिल्लीको एक विकेटको जित

चैत १२ धनगढी
आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टमाथि एक विकेटको जित निकालेको छ।

सोमबार राति सकिएको खेलमा लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ९ विकेट गुमाएर अन्तिम तीन बल खेल्न बाँकी छदा पूरा गर्‍यो।

दिल्लीको जितमा आसुतोष शर्माले नटआउट ६६ रन बनाए। उनले ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्सको ७२ रन र निकोलास पूरनको ७५ रनको मद्दतमा २०९ रन बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply