चैत १३ धनगढी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा ११ विद्यार्थी संगठनहरुले संगठन दर्ता गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत चैत २७ गते हुने निर्वाचनको लागि मंगलबार केएमसीमा ११ विद्यार्थी संगठन दर्ता भएका हुन ।
दर्ता गरिएका संगठनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), स्वतन्त्र विद्यार्थी एकता समूह , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), अखिल क्रान्तिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , अखिल (क्रान्तिकारी बैध) र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (छैठौं) ले संगठन दर्ता गरेका स्ववियु निर्वाचन अधिकृत कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सह क्याम्पस प्रमुख तर्कराज भट्टले जानकारी दिए ।