म्यानमारमा ७.७ म्याग्नेच्युडको भुइँचालो

चैत १५ धनगढी
म्यानमारमा शुक्रबार शक्तिशाली भुइँचालो गएको छ।

शुक्रबार दिउँसो म्यानमारको राजधानी आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भुइँचालो गएको हो।

भुइँचालोको झट्का थाइल्यान्ड र चीनमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

म्यानमारमा भूकम्पले ठूला ठूला भवनहरू भत्किएको छ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएर सडक र खाली ठाउँमा जम्मा भएका छन्। सडकमा चिरा परेको देखिएको छ। भूकम्पले धेरै निर्माणधीन भवनहरू भत्काएको छ।

मानवीय क्षति र भौतिक क्षतिको विवरण त्यहाँको सरकारले जारी गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply