चैत १६ धनगढी
“देश काल परिस्थिति फरक बन्दै गैरहेको मात्रै होइन फेरि एउटा पृथक कालखण्डको निर्माण भैरहेकोछ, जनता नै अन्तिम र शाश्वत त्यस्तो शक्ति पुन्न्ज हो, फेरि एउटा अर्को बृहत्तर इतिहास रचना गर्नसक्छ ।”
तिम्रो यही भनाईले सुरेश रजकको मृत्युले “फेरि एउटा अर्को बृहत्तर इतिहास रचना” गरेको छ भाष्करराज कर्णिकार । आज सुरेशको मृत्युमा तिमी जति भाव विभोर हुँदै सरकारका पक्षधरलाई दोषारोपण गरिरहेका छौ त्यति गर्न तिमीलाई कुनै पनि अधिकार छैन । मेरो नजरमा तिमी नै सुरेशको ह’त्यारा हौ। आफु जोगिनका लागी तिमीले रातारात जसरी सरकारका पक्षधरहरु माथि नै प्रश्न गरिरहेका छौ त्यतिले सुरेशलाई न्याय मिल्नै सक्दैन ।
तिमीले भनेका छौ, “मैले सशस्त्र प्रहरीका राजु जीलाई तीन पल्ट चार पल्ट कुरा गरें, नेपाल प्रहरीका दिपक थापालाई मैले फोन गरें फोन उठाउनु भएन र काठमाण्डौका सिडियोलाई मैले करिबन पच्चिस पल्ट फोन गरें हुँला फोन उठेन । फोन काटेको काटै गर्नु भयो । मैले टेक्स गरें, आएम भाष्करराज कर्णिकार फर्म एभिन्यूज ईट्स भेरी अर्जेन्ट नो रेस्पोन्स । यस्तो पनि हुन्छ ?”अब तपाईलाई मेरो प्रश्न के साँच्चै यस्तो पनि हुन्छ ? घटना घटिसकेपछि राज्यका यी तिनै तहका निकायलाई फोन गर्नु भन्दा पहिले नै आफ्ना रिर्पोटरहरुलाई फिल्डमा खटाउनु पूर्व “फस्ट आफु सुरक्षित रहुन अनि मात्र रिर्पोटिंगमा ध्यान दिनु ।” भनेर किन सिकाउनु भएन ? तपाईको लागी टेलिभिजनमा प्रशारण गर्नु पर्ने फुटेज महत्वपुर्ण कि तपाईंको जिम्मेवारीमा रहेका पत्रकारको ज्यान ?
सुरेको मृ’त्यु प्रकरणले मैले त यही बुझेको छु कि यदि सुरेशले आफुलाई त्यस्तो जोखिमा राखेर यदि त्यो फुटेज खिच्दैनथे भने तिम्रो गालीले उनको स्वाभिमान नै लाई आ’त्मह’त्या गर्न बाध्य बनाउँथ्यो । किनभने उनी हिजोअस्ति मात्रै पत्रकारीतामा आएर तिम्रो क्यामेरा बोकेर आन्दोलनकारीको फुटेज खिच्ने मौका पाएका पत्रकार थिएनन् । हुलमुलमा कसरी ज्यान जोगाउने भन्ने कुरा पत्रकारीताको यतिका लामो अनुभवमा उनले जानिसकेका र बुझिसकेका थिए ।
साना होस् या ठूला जस्तो सुकै आन्दोलनमा आफ्नो ज्यानको सुरक्षा गर्नु नै पत्रकारको पहिलो प्राथामिकता हुन्छ भन्ने कुरालाई राम्ररी बुझेका सुरशेले किन आफुलाई जोगाउनु भन्दा धेरै तिम्रो टेलिभिजनका लागी फुटेज खिच्नमै केन्द्रित भए ? के यस्तो पनि हुन्छ मिडिया मालिकको आदेश ? सुरक्षाकर्मीले बोकेको सेफ्टि गार्डको पछाडि उभिएर उनले फुटेज खिच्दै गर्दा उनीमाथि आ’क्रम’ण भएर उनको ज्यान गुमाएको भए आज तिमी यी प्रश्नै प्रश्नको घेराबन्दिमा पर्दैनथ्यौ भाष्कर । साना होस् या ठूला जस्तो सुकै आन्दोलनमा आफ्नो ज्यानको सुरक्षा गर्नु नै पत्रकारको पहिलो प्राथामिकता हुन्छ भन्ने कुरालाई राम्ररी बुझेका सुरशेले किन आफुलाई जोगाउनु भन्दा धेरै तिम्रो टेलिभिजनका लागी फुटेज खिच्नमै केन्द्रित भए ? के यस्तो पनि हुन्छ मिडिया मालिकको आदेश ? सुरक्षाकर्मीले बोकेको सेफ्टि गार्डको पछाडि उभिएर उनले फुटेज खिच्दै गर्दा उनीमाथि आ’क्रम’ण भएर उनको ज्यान गुमाएको भए आज तिमी यी प्रश्नै प्रश्नको घेराबन्दिमा पर्दैनथ्यौ भाष्कर । आज तिमी आफुलाई जोगाउन सरकारलाई प्रश्न गर्दैछौ ? के यस्तो पनि हुन्छ ?
राजतन्त्रको समयमा राज्यको चौथो अंगका रुपमा स्वीकार्य आमसञ्चार र त्यसका कर्मशील सञ्चारकर्मीमाथि गरिएको दमन लोकतन्त्रिक गणतन्त्रमा सरकारले उस्तै गरी दोहोर्याएको छ । आम सञ्चार माध्यम र जनतालाई भ्रमित पार्ने काम नगर तिमीले । तिमीले केवल सुरेशलाई त्यो माहोलमा गएर फुटेज खिच्न बाध्य किन बनायौ ? यस्को जवाफ देऊ । हामीलाई तिम्रो बकमफुसे प्रश्न हैन ।
पत्रकार बिनु सुबेदीले २०६५ साल जेठ १४ गतेको एभिन्युज टिभिमा उनको रिपोर्ट बजेको कुरालाई साझा गर्दै लेखेकि छन्,“२०६५ साल जेठ १४ गते एभिन्युज टिभिमा मेरो रिपोर्ट बज्यो र त्यसको निष्कर्ष थियोस् दलहरूबीच रातभरमा कुनै असहमति भएन भने भोलि देशमा गणतन्त्रको सुनौलो विहानी आउनेछ। त्यसको केहिबेरमै भाष्कर राजकर्णिकार जंगिदै आए, कोट झिकेर टेबलमा बजारे र सोधेस् को हो यो गणतन्त्रको कुरा गर्ने ? गणतन्त्रकै कुरा गर्न नपाईने ठाउँमा काम गर्न हुँदैन भन्ने लागेर मैले तुरुन्तै आईडिकार्ड बुझाएँ, निस्किएँ र त्यसपछि कहिल्यै फर्किईन । बरु मैले २ महिनाको तलब पनि माया मारेँ । हिजो पूर्व राजा पक्षधरको आन्दोलनलाई उकास्दै ठूल्ठूला मान्छेहरूले निकालेको विज्ञप्तिमा राजकणिर्कारको नाम देख्दा मलाई त्यस दिनको याद आएको थियो । हुन सक्छ, उनले आफ्ना कर्मचारीहरूलाई राजावादीहरूको आन्दोलनकै धेरै फोकस गर्न निर्देशन दिएका थिए । सायद हाम्रा सहकर्मी सुरेश रजक त्यहि दवावमा थिए र भाष्करहरूले नै उचालेका अराजकहरूले फुटाएको झ्यालबाट दृष्य कैद गरिरहेका थिए । पत्रकारहरू सधैं साहु र सम्पादकको दवावमा हुन्छन् । अर्को मिडियाले एक्स्क्लुसिभ गर्यो भने हामीलाई कुकुरलाई झैं गाली गर्छन् । पत्रकारले मरेर भए पनि उनीहरूका लागि खत्रा फुटेज ल्याइदिनुपर्ने मान्यता राख्छन् ।
एभिन्युज यसमा अझ बढि कट्टर छ । त्यो गालीबाट जोगिन सायद सुरेशले जोखिम लिए । आन्दोलनका नाममा वितण्डता मच्चाउने र अराजकताका लागी उक्साउने, संविधानको मानमर्दन गर्ने भाष्करराजहरूलाई कार्वाहीको माग गर्नु पनि लोकतन्त्रको सुन्दर पक्ष हो ।