मिडिया सुरक्षित कहिले हुने ?

चैत १८ धनगढी
शुक्रवार भएको राजावादी समूहको आन्दोलनमा समाचार संकलनकै क्रममा एक जना पत्रकारले ज्यान गुमाउनुप¥यो । एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकले आन्दोलनको समाचार संकलन गर्ने क्रममै ज्यान गुमाउनुप¥यो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । त्यति मात्रै नभई राजावादी समूहले अन्नपूर्ण पोष्ट, कान्तिपुर मिडिया हाउस लगायतका मिडिया हाउसहरूमा आगजनी तथा तोडफोड समेत गरे ।

देशको चौथो अंगका रूपमा रहेको मिडियामाथि पटक पटक यस्ता विभिन्न घटनाहरू घट्दै गइरहेका छन् । समाचारको विषयमा पत्रकारमाथि हातपात गर्ने, सामाजिक सञ्जालमा पत्रकार तथा मिडियाहरूलाई गालीगलौज गर्ने लगायतका क्रियाकलापहरू पछिल्लो समय बढ्दै गइरहेका छन् । जसका कारण प्रेस क्षेत्र असुरक्षित हुँदै गइरहेको छ ।

मिडिया समाजको महत्वपूर्ण हिस्सा हो । मिडियाले सूचना सञ्चार, समाजको सही चित्रण, र जनतासम्म सही जानकारी पु¥याउने कार्य गर्दै आइरहेका छन् । त्यति मात्रै नभई समाज तथा देशमा भइरहेका हरेक विकृतिहरूका विषयमा कलम चलाउने तथा त्यस्ता विकृतिहरूको अन्त्यका लागि आवाज बुलन्द गर्ने काम मिडियाले गर्दै आइरहेका छन् । यस्तो अवस्थामा प्रत्येक पटक पत्रकार तथा मिडियामाथि नै हुने हमलाका कारण देशको चौथो अंग हुँदा पनि सबैभन्दा बढी पत्रकारहरू नै थिचोमिचोमा परिरहेका छन् । सरकारले चौथौँ अंगका रूपमा मिडियालाई सम्मान दिएको भए पनि सुरक्षाको प्रत्याभूति दिलाउन सकेको छैन । देशभरमा समाचार लेखेकै भरमा गालीगलौज, धम्की तथा हातपात सम्मका घटनाहरू धेरै घटिरहेका भए पनि सरकार सो विषयमा अनजान झैँ बसेको छ । जनतालाई सत्य, तथ्य सूचना दिने सञ्चार जगत् नै नभए देशको भविष्य कहाँ पुग्ला ?

जनताको पहरेदारका रूपमा प्रत्येक दिन ज्यानको बाजी लगाएर काम गर्ने पत्रकार तथा मिडिया क्षेत्र माथि भइरहेका हमलाहरूमाथि नियन्त्रण गर्न सरकारले तदारुकता नदेखाएका कारण पछिल्लो समय प्रेस जगत् नै असुरक्षित बन्दै गइरहेको छ । शुक्रवार राजावादी समूहले गरेको आन्दोलनमा समाचार संकलनका लागि गएका पत्रकारले ज्यान गुमाउनुप¥यो ।

कुनै घरभित्र बसेर भिडियो रिपोर्टिङ गरिरहेका पत्रकारलाई सोही घरमा गएर आगो लगाउनु कत्तिको न्यायोचित हुन्छ । त्यस्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले तत्काल कदम चाल्नुपर्छ । प्रेसमाथि हुने यस्ता घिनौना र जघन्य अपराधहरूमाथि नियन्त्रण गर्नका लागि सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्दछ । प्रेस स्वतन्त्रताको रक्षा गर्नु सरकारको दायित्व हो । आफ्नो दायित्व बुझेर सरकारले देशको चौथो अंगका रूपमा रहेको मिडिया क्षेत्रलाई सुरक्षित भएको आभास दिलाउन सक्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply