राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको ८० लाख ३३ हजार क्षती मूल्याङ्कन

चैत १८ धनगढी
यही चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा भाटभटेनी कोटेश्वरमा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानीको मूल्यांकन गरिएको छ ।
भाटभटेनीले गरेको मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ । ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ ।

त्यस्तै भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सीईओ पानु पौडेलले जानकारी दिए । फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो ।

चैत १५ गते राजावादीको अराजक समूहले कोटेश्वरको भाटभटेनी स्टोरको भवन तोडफोड गर्नुका साथै लुटपाट मच्याएका थिए । लुटपाटका क्रममा मौज्दात सामानवापत सबैभन्दा बढी नोक्सानी पुगेको देखिएको छ । लुटपाटमा संलग्न केही पक्राउ परेका छन् । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply