चैत २२ धनगढी
जाजरकोट केन्द्रबिन्दु भएको साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५।२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५।५ म्याग्निच्युड थियो ।
भूकम्पको धक्का सुदुरपश्चिम प्रदेश लागएत आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1