केएमसीमा सभापति र सचिवमा नेविसंघ,कोषाध्यक्षमा अखिल क्रान्तिकारी विजयी

चैत २९ धनगढी
कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सन्तोष पन्त विजयी भएका छन् । शुक्रबार सार्वजनिक अन्तिम मत परिणामअनुसार नेविसंघका पन्तले ८२७ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ५५८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, अनेरास्ववियुका यमराज जोशीले ४२७, स्वतन्त्र विद्यार्थी एकता समूहकी उम्मेदवार अम्बिका चौधरीले ९२ र अनेरास्ववियूका सुनिल जोशीले ६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै,सचिवमा नेविसंघकै ओमप्रकाश वस्तीले ६९७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका किरणप्रकाश उपाध्यायले ४९८ मत प्राप्त गरेका छन् । अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरीले ४६६,अनेरास्ववियूका खगेन्द्रप्रसाद अवस्थीले १०९,स्वतन्त्र उम्मेदवार किशोर जोशीले ६८ र प्राज्ञिक विद्यार्थी परिषद् नेपालका लवदेव धामीले ६५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीले बाजी मारेको छ । अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिनाले ६०८ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेविसंघकी प्रमिला शाहले ६०४ मत प्राप्त गरी हार बेहोरेकी छन् । त्यस्तै,अनेरास्ववियुका प्रकाश भट्टले ४९२, अनेरास्ववियूकी अंगीता चौधरीले १६३ र स्वतन्त्र विद्यार्थी एकता समुहका खेमराज भट्टराई ४३ मत प्राप्त गरेको स्ववियु निर्वाचन समितिले जनाएको छ । यहाँ कूल २ हजार ५७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply