शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा विद्यालय शिक्षा ऐनमा सहमति नजुटेपछि पदबाट बाहिरिइन्

वैशाख ८
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार लामो समयदेखि जारी शिक्षक आन्दोलन समाधानमा निष्कर्ष ननिस्केपछि उनले राजीनामा दिने निर्णय लिएकी हुन्।

चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन विद्यालय शिक्षा ऐन पारित गरिनुपर्ने मुख्य मागसहित चलिरहेको छ। आन्दोलनको चर्को दबाबका बीच मन्त्री भट्टराईले आन्दोलनरत पक्षसँग, सभामुख र प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सहमति जुट्न नसकेको स्रोत बताउँछ।

मन्त्री भट्टराईको राजीनामा पश्चात् सरकारको शिक्षा नीति र आन्दोलनबीचको द्वन्द्व थप जटिल बन्ने संकेत देखिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नयाँ शिक्षामन्त्रीको नियुक्तिका लागि आन्तरिक छलफल थालेका छन्।

शिक्षकहरूले ऐनमार्फत शिक्षा प्रणालीमा स्थायित्व, समावेशिता र शिक्षकको अधिकार सुनिश्चित गरिनुपर्ने माग गरिरहेका छन्। सरकार र आन्दोलनरत पक्षबीचको संवाद अवरुद्ध बनेको अवस्थामा मन्त्रीको राजीनामालाई आन्दोलनप्रति सरकार गम्भीर बन्न थालेको संकेतको रूपमा पनि हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply