वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र

वैशाख १० धनगढी
नेकपा माओवादी केन्द्रले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार पूर्णरुपमा असफल भएको बताएको छ ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकार प्राविधिक रूपमा मात्र अस्तित्वमा रहेको बताएका हुन् ।

‘वर्तमान गठबन्धन सरकार राजनीतिक रूपमा अस्तित्व गुमाइसकेको छ । प्राविधिक रुपमा अस्तित्वमा रहेको त छ, तर एक दिन पनि सरकारमा बस्ने नैतिकता गुमाइसकेको छ । पूर्ण असफल भइसकेको छ’, उनले भने ।

दुई दलीय गठबन्धन सरकारले आफ्ना भ्रष्टहरूलाई जोगाउने गरेको र इमान्दार व्यक्तिहरूलाई छानिछानि कारबाही गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply