अत्तरियामा कापी किन्न हिंडेकी १६ वर्षीया किशोरी बेपत्ता

वैशाख १० धनगढी
कैलालीमा एक किशोरी बेपत्ता भएकी छन्। गोदावरी नगरपालिका–९ बल्मी बस्ने १६ वर्षीया सन्तोशी दौडी बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनी घरबाट कापी किन्छु भन्दै घरबाट अत्तरियातर्फ निस्किएकी थिइन् तर घर नफर्किएपछि भने खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको छ। दौडी अत्तरियाको लोटस बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययन गर्दै आएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply