जम्मू-कश्मिरमा मारिएका सुदीपको शव परिवारलाई हस्तान्तरण

वैशाख ११ धनगढी
जम्मू-कश्मिरको पहलगाममा मंगलबार आतंकवादी आक्रमणमा मारिएका सुदीप न्यौपानेको शव उनका परिवारलाई हस्तान्तरण गरिएको छ।

बिहीबार बिहान बुटवल ल्याइएको सुदीपको शव स्थानीय प्रशासन र प्रहरीको रोहबरमा प्रहरीको जिम्मा लगाइएको हो।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर र बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको रोहबरमा शव परिवारलाई हस्तान्तरण गरिएको हो।

सुदीपको शव अहिले बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित घरमा राखिएको एसपी राठौरले जानकारी दिए। आजै त्रिवेणीमा दाहसंस्कारका लागि लैजाने तयारी छ।

सुदीप आमा र दिदी-भिनाजुलाई लिएर जम्मू-कश्मिर घुम्न गएका थिए।

मंगलबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनको मृत्यु भएको थियो। घटनामा उनकी आमा पनि घाइते भएकी छन्।

उनको शव बुधबार जम्मू कश्मिरबाट दिल्ली लगिएको र त्यहीबाट बिहीबार नेपालाई हस्तान्तरण गरी दूतावासमार्फत बुटवल ल्याइएको थियो।

मंगलबारको आक्रमणमा सुदीपसहित २६ जना मारिएका थिए। साभार सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply