पहिलो पटक प्रदेश सरकारको टोली भारत भ्रमणमा जाँदै

वैशाख १३ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा पहिलो पटक प्रदेश सरकारको टोली भारत भ्रमणमा जाने भएको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री कमलबहादुर शाहले पहिलो पटक प्रदेश सरकारको टोली भारत भ्रमणमा जान लागेको बताएका हुन ।

उनले भारत सरकारको निमन्त्रणामा बैशाख १६ गते देखि २२ गते भारत भ्रमण जान लागेको जानकारी दिए । उनले नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले औपचारिक रुपमा निमन्त्रणा गरेको बताए ।

‘प्रदेश सरकारले यसलाई उपलब्धीको रुपमा लिएको छ’ मुख्यमन्त्री शाहले भने ‘भारत भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुनेछ । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ ।’

भारत भ्रमणको पहिलो दिन काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जाने कार्यक्रम रहेको छ । दोस्रो दिल्लीमा संघीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तराष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया कार्यक्रम रहेको छ । क्रमश टोलीले भारतिय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकिय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकिय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेट पश्चात लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply