चेन्नईलाई पराजित गर्दै पञ्जाब दोस्रो स्थानमा

वैशाख १८ धनगढी
चेन्नई सुपर किंग्सलाई पराजित गर्दै पञ्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो स्थानमा उक्लिएको छ।

गएराति एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईलाई ४ विकेटले पराजित गर्दै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टाएको थियो।

पञ्जाबका लागि कप्तान श्रीयास ऐयर र प्रबशिमरन सिंहले अर्धशतक हाने।

ऐयरले ४१ बलमा ५ चौका र ४ छक्का हान्दै ७२ रन बनाए। सिंहले ३६ बलमा ५ चौका र ३ छक्का हान्दै ५४ रन बनाए।

ओपनर प्रियान्स आर्या र सशांक सिंहले २३/२३ रन बनाए।

बलिङतर्फ खलिल अहमद र मथिशा पाथिरनाले २/२ तथा रविन्द्र जडेजा र नूर अहमदले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा अल आउट हुँदै १९० रन जोडेको थियो।

चेन्नईका लागि साम करणले ८८ रन बनाएका थिए। उनले ४७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

डेवल्ड ब्रेविसले ३२ र रवीन्द्र जडेजाले १७ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए।

बलिङतर्फ पञ्जाबका युजवेन्द्र चाहलले ४ विकेट लिए। अर्शदीप सिंह र मार्को जनसेनले २/२ तथा अज्मतउल्लाह ओमरजइ र हरप्रित ब्रारले १/१ विकेट लिए।

दोस्रो स्थानमा उक्लिएको पञ्जाबको १३ अंक छ। पराजित भएको चेन्नई ४ अंकसहित पुछारमा छ। १४ अंक जोडेर रोयल च्यालेन्जर्स बेंग्लुरू शीर्षस्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply