धनगढी २२ बैशाख
कैलालीमा एक अटोचालकले भेटाएको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
गोदावरी नगरपालिका-३ मालिका टोलका अटोचालक कर्णबहादुर अधिकारीले बाटोमा भेटाएको सुनको सिक्री प्रहरीको रोहवरमा फिर्ता गरेका हुन् ।
उनले सोमबार सम्बन्धित धनी गोदावरी नगरपालिका-३ सरस्वती टोलका महानन्द भट्टलाई ईलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीको रोहवरमा सिक्री फिर्ता गरेका हुन् ।
सुप्रप ०१-००१ ह ५९१७ नम्बरको अटोचालक अधिकारीले अटो चलाउने क्रममा आइतबार दिउँसो अत्तरियाको मालाखेती अस्पताल नजिक सडकमा एक तोलाको सिक्री भेटाएको बताए ।
सिक्री फिर्ता पाएपछि खुशी हुँदै भट्टले अटो चालक अधिकारीलाई धन्यवाद दिए । उनले भने ‘म उहाँप्रति आजीवन आभारी हुनेछु ।’ अत्तरिया अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1