करिब ३ सय ५६ किलोग्राम गाँजा बरामद

धनगढी २२ बैशाख
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ स्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ११ वटा पोका फालेर फरार
भएपश्चात पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
सर्लाही, मलंगवा नगरपालिका-१ भेडहियास्थित परालको टालीबाट अवैध लागूऔषध गाँजा २६ किलो २ सय ६० ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले परालको टालीभित्र लुकाई राखिएको जुटको बोरा भित्र उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply