शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सदनमा प्रस्तुत गर्न माग

धनगढी २४ बैशाख
प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सदनमा प्रस्तुत गर्न माग गरेका छन् ।

बुधवार सदनको शून्य समयमा बोल्दै लामाले विधेयकलाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गरेका हुन । उनले राष्ट्रिय सभाबाट पास भएको विधेयक गत हिउँदे अधिवेशनको अन्तिम दिन र यसै सत्र वैशाख १५ गतेको सम्भावित दैनिक कार्यसूचीमा राखेको भए पनि शिक्षक आन्दोलनका कारण प्रस्तुत हुन नसकेको बताए ।

उनले सम्पूर्ण सूदुरपश्चिमेलिहरु र सरोकारवालाहरू सबैको भावनालाई विचार गरी विधेयकलाई सदनमा प्रस्तुत गर्न माग गरे ।

उसैबिच उनले वैशाख ९ गते कञ्चनपुरको बेल्डाडी गाउँपालिका – ३ कमरीका हरि किशन रानाको बेलौरी नगरपालिका – १० निर्मल आर्यघाट सडक छेउमा मोटरसाइकल सहित जलाएर भएको हत्या र लालझाडी गाउँपालिका – ४ जाई मोटरघाटमा वैशाख १७ गते भएको शङ्कास्पद मृत्युको सूक्ष्म तरिकाले अनुसन्धान गरी घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply