फेवातालमा डुंगा पल्टिँदा फसेका ६ भारतीय पर्यटकको उद्धार, चालक अस्पतालमा भर्ना

धनगढी २५ बैशाख
कास्की पोखरा फेवातालमा डुंगा पल्टिएर फसेका ६ जना भारतीय पर्यटकको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार साँझ फेवातालमा फसेका ६ जना भारतीय पर्यटकको उद्धार गरेको हो।

भारतीय पर्यटक सोनु बर्मा, नेहा शेखावत, रुण चौधरी, पुनम चौधरी, प्रविण दीक्षित, श्याम प्रजापति र डुंगा चालक नेत्रबहादुर गुरूङ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर पाण्डेले जानकारी दिए।

उनीहरू सबै भारतको जयपुरबाट पोखरा घुम्न आएका थिए।

डुंगा चालक पोखरा-२२ का हुन्। उनको स्वास्थ्यमा समस्या देखिएकाले गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको उनले बताए।

‘भारतीय पर्यटकको अवस्था सामान्य छ,’ उनले भने। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply