धनगढी २६ बैशाख
कैलालीको अत्तरियामा रहेको मिश्रा आईस केन्डी उद्योगबाट २५० केजी आईसक्रीम जफत गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहितको गोदावरी नगरपालिकाको अनुगमन टोलीले उत्पादन मिति नभएको आईसक्रीम बरामद गरेको हो ।
उक्त उद्योग धनगढीमा दर्ता भएपनि गोदावरीमा दर्ता समेत नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका अनुसन्धान अधिकृत सुमन लामिछानेले उद्योग खाध्यमा पनि नविकरन नभएको, उद्योग दुर्गन्धित भएको बताए ।
अहिले बजार अनुगमन जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1