भारतमा रहेका नेपालीलाई दूतावासको सचेतना: सतर्क रहन र आपतकालीन सम्पर्कमा रहन आग्रह

हेमा भट्ट धनगढी २६ बैशाख
नयाँ दिल्ली, बैशाख २६ — भारतको जम्मू-कश्मीरको पहलगाम क्षेत्रमा भएको हालको आतंकवादी घटनापछि नेपाली राजदूतावास, नयाँ दिल्लीले भारतभर रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले जारी गरेको विशेष सूचनामा घटनाक्रमलाई मध्यनजर गर्दै नेपालीहरूलाई सुरक्षित रहन, आपतकालीन अवस्थामा नजिकको सहयोग केन्द्र पहिचान गर्न र भारत सरकारका आधिकारिक सुरक्षा निर्देशनहरूको पालना गर्न अनुरोध गरिएको छ।

दूतावासले सम्भावित संकट अवस्थामा सहयोग र समन्वयका लागि निम्न सम्पर्कहरू उपलब्ध गराएको छ:

नेपाली राजदूतावास, नयाँ दिल्ली
टेलिफोन: +९१-११-२३४७६२००
हटलाइन: +९१-८९२९६०१९२५
नेपाली महावाणिज्यदूतावास, कोलकत्ता
टेलिफोन: +९१-०३२४५६१२२४
मोबाइल: +९१-९७४८४६६९००
राजदूतावासले सम्पूर्ण नेपाली समुदायलाई सम्भावित जोखिमबाट जोगिन सतर्क र सजग रहन पुनः अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply