श्रीमद् भागवत महायज्ञको आयव्यय सार्वजनिक,४ करोड ७४ लाख संकलन

बैशाख २७ धनगढी ।
मानवसेवा आश्रमले श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयव्यय सार्वजनिक गरेको छ । कैलालीको धनगढी शाखाको भवन निर्माण गर्ने उदेश्यले गत माघ २३ गतेदेखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञको शनिबार आयव्यव सार्वजनिक गरेको हो ।

महायज्ञमा कुल रु ४ करोड ७४ लाख ३० हजार ४३५ संकलन भएको महायज्ञका संयोजक मदन कुँबरले जानकारी दिए । नगद,क्युआर तथा अनलाइन माधयम र चेकबाट रु ८१ लख ८१ हजार ९७८ संकलन भएको उनले बताए ।

उनका अनुसार रु ३ करोड ९० लाख ७२ हजार ८० प्रतिवद्धता गरिएको छ । सरकारी निकायबाट रु २७ लाख ८१ हजार ११२,संस्थागत रु २ करोड ४८ लाख ढढ हजार ५८४ र व्यक्तिगत रु १ करोड १३ लाख २६ हजार ५८४ प्रतिवद्धता गरिएको छ ।

उनले प्रतिवद्धता गरिएको रकममध्ये हालसम्म रु १४ लाख ८२ हजार ४६ प्राप्त भएको बताए । महायज्ञमा रु ४९ लाख ६८ हजार ८६५ खर्च भएको उनले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१५ उर्मीमा २ बिघा जग्गामा निर्माण सुरु गरिएको मानवसेवा आश्रमको सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सहयोगार्थ महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सो भवन निर्माण भएपछि सुदूरपश्चिमका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ ।

२०७५ साल मंसिर १ गते धनगढी–५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम धनगढी शाखाले सेवा शुभारम्भ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply