सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुईदिने प्रशिक्षण

बैशाख २८ धनगढी
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । एफएम रेडियोमा कार्यरत पत्रकारहरुको क्षमता विकास सम्बन्धी डडेल्धुरामा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको आयोजना तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा शनिबार देखि कार्यक्रम सुरु भएको हो ।

पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की रहेका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशि बिशिष्ट अतिथि रहेका छन् ।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक डा.रघु मैनाली रहेका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न एफएमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply