बैतडीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

जेठ १७ धनगढी
बैतडीमा ट्रकको ठक्करबाट पैदल यात्रा गरिरहेका एक वृद्धको मृत्यु भएको छ । मिनी टाटा ट्रकले सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा स्थानीय सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय महावीर विष्टलाई ठक्कर दिए उनको मृत्यु भएको हो ।

सुपप्र ०१–००१ क १८१३ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बिष्टको उपचारका लागि धनगढी ल्याउने क्रममा गयराती बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनापछि मिनी ट्रक र चालक, सुर्नया गाउँपालिका–२, ग्वानी निवासी ३१ वर्षीय मान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply