२१ जेष्ठ धनगढी
सुदूरपश्चिममा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएकाहरुको एन्टिजेन परीक्षण गर्दा तीन जनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका विपद्/महामारी सम्पर्क व्यक्ती हेमराज जोशी अनुसार बुधबार गौरीफन्टा हुँदै नेपाल फर्किएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा नेगेटिभ आएको छ ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये कैलालीका एक,कञ्चनपुरका एक र अछामका एक जना रहेको उनले बताए । उनीहरुलाई घरमै आइसोलेशनमा बस्ने गरि पठाइएको उनले बताए । उनले भने ‘होम आइसोलेसनमा बस्ने गरिहामीले पालिका,वडासँग समन्वय गरेर पठाएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1