गोदावरीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्धघाटन

२२ जेष्ठ धनगढी
कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्धघाटन गरिको छ । बिहिबार एक कार्यक्रमकाबिच नेपाल सरकारका उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले समुद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अब यो ठूलो परियोजना निर्माण सम्पन्न भएको र यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी गोदावरी नगरपालिकाको रहने बताए । उनले ठूलो लगानी भएको अब यसको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा संचालित उद्घाटन कार्यक्रमा एसियाली विकास बैङ्कका प्रतिनिधि,गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, एवम् जनप्रतिनिधिहरु, शहरी विकास मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत भ्याटसहित ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँको लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेकोे हो ।

चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो । २०७९ असोजमा निर्माण सम्झौता भएको फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सक्नुपर्ने अवधि गत असोजसम्म थियो । निर्माण कम्पनीले ठेक्का अवधीमै काम सम्पन्न गरेको थियो ।

केन्द्रमा साढे दुई किलोमिटर पहुँच मार्गको निर्माण गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्नेछ भने त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply