नेप्सेलाई फेरि पनि २६ सय विन्दुको प्रतिरोध

धनगढी असार १०
मंगलबार पनि नेप्से परिसूचक घटेको छ।

नेप्से परिसूचकले २६ सय विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ।

कारोबार अवधिमा पटक–पटक २६ सयको विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन। बजार बन्द हुने समयमा नेप्से झिनो अंकले घटेरै बन्द भयो।

नेप्से ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि घटेको छ।

सोमबार ६ अर्ब ४७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ७६ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ७१ करोड रूपैयाँ घटेको हो।

आज ३१६ वटा धितोपत्रको एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटाको घटेको छ।

यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ८.०१ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८१ रूपैयाँ ४७ पैसा कायम भएको छ।

यस्तै, हिमालयन पावर पार्टनरको मूल्य ७.८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६०४ रूपैयाँ ५८ पैसा पुगेको छ।

एनआइसी एसिया बैंकको डिबेन्चरको मूल्य सर्वाधिक ५.१७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार एक सय रूपैयाँमा झरेको छ।

यसैगरी, दोर्दी खोला जलविद्युतको मूल्य ४.३२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३२८ रूपैयाँ ३८ पैसा कायम भएको छ।

मंगलबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ८०९ रूपैयाँमा २७ करोड ६५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०६ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०६ रूपैयाँमा २३ करोड ९६ लाख बराबरको सेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply