चालिस बढी जिल्लामा नेपाल सोतोकान कराँते संघको गतिविधि

भदौ ३ धनगढी
खेल क्षेत्रमा करिव तीन दशकको इतिहास बोकेको नेपाल सोतोकान कराँते संघले खेल सञ्चालनको क्रममा विभिन्न ४०–४२ जिल्लामा आफ्ना गतिविधि बिस्तार गरेको छ ।

यसै सिलसिलामा यही भदौ १ गते काभ्रेपलाञ्चोकको फलामेसाँघु वडा नं. २ स्थित श्री लक्ष्मीनारायण मा.वि., नारायणस्थानमा प्रशिक्षार्थीका रुपमा ठूलो संख्यामा रहेका खेलाडी किशोर-किशोरीहरूको प्रथम बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ ।

फलामेसाँघु-२ का वडाअध्यक्ष हस्तमान लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम कार्यक्रमको संयोजन स्थानीयवासी तथा संघका ब्ल्याकबेल्ट कमिटीका संयोजक निर्मल स्याङतानले गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कामीमान लामाले शारीरिक, मानसिक तथा बौद्धिक खुराकका रुपमा रहेको यस खेलको आयोजना आफ्नो विद्यालयले गर्न पाउँदा अत्यन्तै गौरव लागेको अभिव्यक्ति दिए भने समाजसेवी हस्तमान लामा लगायत खेलप्रेमीले खेलहातामा नै खुलेर आर्थिक सहायता समेत गरेका थिए ।

उक्त कार्यक्रमसँगै खेललाई निरन्तरता दिन वडाअध्यक्ष हस्तमान लामाले रु. १ लाख आर्थिक सहयोग दिने र प्रशिक्षकको रुपमा त्यहाँ रहने धनेन्द्र श्रेष्ठलाई विद्यालयले आवास सुविधा उपलब्ध गराउने घोषणा गरियो । ठूलो संख्यामा उपस्थित स्थानीयवासी खेलप्रेमी, समाजसेवी तथा दलीय प्रतिनिधि, विद्यालय परिवार सबैलाई संघका केन्द्रिय अध्यक्ष (संस्थापक) हेमकुमार श्रेष्ठले गरिमामाय कार्यक्रमको आयोजना गरी साथ दिएकोमा धन्यवाद ज्ञापन गरे । आफ्नो जीवनकालभरि यस क्षेत्रमार्फत हर कुरामा जोडिएर सकेको सहयोग गर्न आफू हरदम लागिपर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply