जेनजीको प्रदर्शनमा भएका आगजनी र लुटपाटका सबुत पठाउन प्रहरीको अपील

भदौ २७

नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग गरेको छ । प्रहरीले लुटपाटमा संलग्नलाई कारबाही गर्नका लागि प्रमाण र सबुत पठाउनका लागि माग गरेको हो ।

प्रहरीले सूचना जारी गरेर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट लगायतका भिडियो तथा विभिन्न सामाजिक सञ्जालहरूका लिङ्कहरू भए उपलब्ध गराउन अनुरोध गरेको हो ।

‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट आम सर्वसाधारण त्रासश्रृङ्खला हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई लnepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ’जारी गरिएको सूचनामा भनिएको छ ।

प्रहरीले भिडियो तथा लिङ्कहरू पठाउनेलाई गोपनीयताको कायम राख्ने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply