असोज १ धनगढी
कञ्चनपुरमा आगलागीबाट पाँच लाख ५० हजार मुल्यको धनमाल जलेर नष्ट भएको छ । मंगलबार कञ्चनपुरको
लालझाडी ३ डुङ्गा बस्ने शंकर सिह खत्रीको एक तले चार कोठे कच्ची गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा सो बराबरको सामान जलेर नष्ट भएको हो ।
आगलागीका कारण गोठ भित्र रहेका खाद्यान्न, ट्राली, भुसा लगायतका सामानहरु जलेर नष्ट भएको छ । गोठभित्र रहेका पाँच वटा बाख्रा, एक भैँसी र भैँसीको पाडो जलेर घाईते भएको प्रहरीले जनाएको छ । मानबिय क्षेती नभएको र स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1