सुदूरपश्चिमका ४२६ कैदीबन्दी अझै फर्किएनन्

असोज २९
सुदुरपश्चिमका विभिन्न कारागारबाट भागेका ४२६ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी पुस्ताको प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीहरु कारागार नफर्किएका हुन् ।

भागेकामध्ये हालसम्म एक हजार ४९ जना कैदीबन्दी कारागार फर्किएका छन् भने अन्य कैदीबन्दी नफर्किएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सुचना अधिकारी एवं डिएसपी निशान्त श्रीवास्तबले जानकारी दिए । कैलाली,कंचनपुर,डडेल्धुरा,दार्चुला,बझाङ बैतडीबाट एक हजार ४७५ कैदीबन्दी भागेको उनले बताए ।
फर्किएकामध्ये धेरैजसो आफै सम्पर्कमा आएका हुन् । केहीलाई प्रहरीले पक्राउ गरिएको हो । फरार रहेकाको प्रहरीले खोजीकार्य जारी राखेको छ ।’
जेन्जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन असोज २० गतेसम्मको समय दिएको थियो ।

तर,उक्त सम्पर्कमा आउन दिइएको अवधि पनि सकिएको छ भने अझै सबै कैदीबन्दी फर्किएका छैनन् ।भागेका कैदीबन्दी सम्पर्कमा नआउनुले समाजमा त्रसितको बाताबरण सिर्जना गर्नुका साथै सुरक्षा चुनौती पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply